प्रवासबाट सहयोगी हात जुट्दै, अक्षयकोषमा रु २८ लाख जम्मा


२३ जेठ । वैदेशिक रोजगारी र विभिन्न शिलसिलामा कतार पुगेको नेपालीले भूकम्पबाट क्षतीग्रस्त विद्यालयको पुनःनिर्माण एवम् गरिब, दलित, अनाथ, असहाय तथा अशक्त बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले अक्षकोषको स्थापना गरेका छन् । कतारमा कार्यरत गोरखावासीले आफ्नो गृह जिल्लामा रु २८ लाखको अक्षयकोषको स्थापना गरेका हुन् ।

उनीहरुले यस्तो अक्षयकोष स्थापनापछि भूकम्पपछिको पुनःनिर्माणमा स्वदेश तथा विदेशमा रहेका जिल्लावासी एक जुट हुन सन्देश दिने अपेक्षा गरेका छन् । अक्षयकोषमा सहयोग गर्नेलाई संस्थाले सम्मान समेत गरेको छ ।

सम्मान कार्यक्रममा एनआरएनएआइसिसीका उपाध्यक्ष कुमार पन्तले उक्त अक्षयकोषको वृद्धिका लागि रु पाँच लाख सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्