साहित्यकार मोदनाथ प्रश्रितलाई मातृशोक


१० कात्तिक । वरिष्ठ प्रगतिशील साहित्यकार एवं संस्कृतिविद् मोदनाथ प्रश्रितलाई मातृशोक परेको छ । साहित्यकार एवं वामपन्थी नेता प्रश्रितकी आमा बालिकादेवी पौडेलको ९७ वर्षको उमेरमा बुधबार दिउँसो एक बजे निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ्य रहेकी पौडेलको आफ्नै निवास थानकोटमा निधन भएको एमाले नेतासमेत रहेका पौडेलका नाति डा. विजय पौडेलले जानकारी दिए । पौडेलको ९७ वर्षअघि अर्घाखाँची जिल्लाको खिदिम गाविस पीपलडाँडामा जन्म भएको हो ।  दिवंगत पौडेलको बुधबार ५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक सूत्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्