शैलेस थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्त


काठमाडौं, २३ असार ।  अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेस थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्त भएका छन् ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई  नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्त गरेको हाे । उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहने छन् ।

प्रतिक्रिया दिनुहोस्