काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस


काठमाडौं, २० असार । काठमाडौं उपत्यकाको ढलमा कोभिड १९ को भाइरस भेटिएको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस भेटिएको हो।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्