बारामा चट्याङ लागेर चार जनाको मृत्यु, ५ घाइते


बारा,१८ असार । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो, सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको को मृत्यु भएको हो । चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्