प्रधानमन्त्री ओली निकटका नेताहरुसँग खुमलटारमा प्रचण्डको छलफल


काठमाडौँ, १८ असार । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली पक्षका नेताहरुसँगको छलफलमा जुटेका छन् । बिहीबार बिहान आफ्नो निवास खुमलटारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायतका ओली पक्षका नेताहरुसँग छलफल गरेको स्रोतले बतायो ।
त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेका छन् । बुधबार स्थायी समितिका ३१ सदस्य सहभागी रहेको झम्सीखेल भेलाले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्