थप ३१६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १३ हजार ५६४ पुग्यो


काठमाडौं,१६ असार । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १९४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्