मोदीको ओलीलाइ पत्र: तपाई र आम नेपालीको शिर सगरमाथा जस्तै उच्च र अटल पाँए


आदरणीय ओलीसाब ।
जय नेपाल ।
आराम छु सोही कामना गर्द्छु।प्रिय ओलीजी,मैले नेपाल भारत मित्रताको नयाँ आयाम र बृहतर हितको लागि नवीन घोषणा गरेर हाम्रो कार्यकालको सबैभन्दा महान र सुन्दर उपलब्धिको सरप्राइज गिफ्ट दिने तयारी गर्दैछु।कृपया दत्तचित्त भै सुन्नुहोला। मैले तपाईको नेतृत्वमा नेपाल एक ढिक्का भएर नेपालीत्व प्रदर्शन गरेको दृश्य हेरे । नेपालको संसदको गतिबिधि अद्योपान्त हेर्न मेरा सारा प्रोग्राम क्यान्सिल गरेर बसे । नेपालीहरु आफ्नो माटोलाई पवित्र चन्दन झैँ अमुल्य र आफ्नो प्राण भन्दा ठूलो सम्झन्छन भन्ने कुराको प्रमाण संसारभर पून प्रदर्शन गर्नु भयो । मैले हार स्वीकार गरे अब मलाई नैतिक बन्धन र लोकलाजको डर भयो । तपाईं पशुपति, जानकी, मुक्तिनाथ र बुद्धको देशको प्रधानमन्त्री मत पाईंसँग नतमस्तक छु। तपाई र आम नेपालीको शिर सगरमाथा जस्तै उच्च र अटल पाए । नेपालीहरुको सहनशिलता, धैर्यता र बहादुरीसँग मेरो बडा प्रेम छ। मलाई यी भगवानहरुको आशीर्वाद र प्रेरणा सदा पाउने विश्वास छ। अब मेरा गल्तीहरु आजसम्म भारतले अतिक्रमण गरेका भुभागहरुमा कहिल्यै बखेडा र किचोलो गर्नेछैन भनेर करेक्सन गर्न चाहन्छु। बुद्ध भारतीय हुन भनेर कुप्रचार गर्न पनि छोडीदिन्छु अब पनि यस्ता कुप्रचार र छिमेकी चिढयाउने गतिविधि गरे भने राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मेरो नैतिक धरातल बाँकी रहँदैन। उसै पनि आफ्ना छिमेकीप्रति असहिष्णु र अनुदार भन्ने आरोप विश्व समुदायको अगाडि छ । म सो आरोप नेपालसँग सौहाद्र मित्रता गरेर तोडन चाहन्छु ।

म भगवानप्रति अगाध आस्था राख्ने उपासक हुँ। मलाई भगवानको तर्फबाट पनि क्षमा मिल्ने छैन। मलाई मेरी बुढी आमाले पनि नेपाललाई गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गरिन् । मेरी माको कसम ओलीजी म गलत बाटोमा हिड्ने छैन । माकी कसम , मात्रिभुमि की कसम । प्रिय ओली जी म तपाई मार्फत नेपालीसँग विनित बन्दना गर्छु मलाई माफी दिनुस ज्ञानी ध्यानी र महात्मा ऋषिमुनिहरुको पवित्र तपोभूमि नेपाल , तेत्तेसिकोटि देव देवीको पावन धरालाई बक्रदृष्टि लगाएर भारतले अक्षम्य अपराध गरेको छ, सबै पाप र अधमबाट मुक्ति चाहन पनि नेपालप्रति सम्मान गर्दै नेपाली जनतासामू आफ्ना भूलको प्रायास्चित गर्ने अवसरको रुपमा मैले यो समयलाई सदुपयोग गर्नेछु । मलाई यो पनि मज्जाले थाहा छ नेपालमा तपाईलाई भयंकर तनाव र दबाव छ । थियो प्रिय मित्र चिन्ता नलिनुस म चिन्ता दुर गर्ने दुरगामी काम गरेर देखाउने छु । तपाईले सबैभन्दा महत्वपूर्ण प्रतिवाद नक्सा प्रकाशित गरेर अनि संसदबाट पास गरेर देखाई सक्नु भयो । यसले कुटनीति र अडानको अर्थमा संसारलाई देखाउने काम भएको छ । अब अनाधिकृत बसाइ भारतले छोड्नु पर्छ अन्यथा हाम्रो लोकतन्त्र र भारतीय छवि अरु धुमिल र गन्धा बन्नेछ ।

नेपालको सिमाभित्र जहाँ जहाँ हाम्रा सेना छन, तुरुन्तै हटाउन निर्देशन दिएर प्रक्रियाको थालनी गर्नेछु।पुर्व मेचीदेखि पश्चिम कालीसम्मको भुभागमा तपाईंहरुको दावी भएको कागजात लिएर हाम्रो प्राबिधिक टोलिसँग बसेर प्रक्रियासम्मत ढंगले विवाद सल्टाउन म राजीखुशी छु, मन्जुर छु। मैले बिदेशमन्त्री रमन्त्रालयका उच्चपदस्तसँग सल्लाह गरेरनै यो लेखेको हुँ। तर हाम्रो फेस सेभिंग गर्न पनि यहाँले उदारता र समय दिनुपर्छ । बिदेशमन्त्रालय, कुटनैतिक नियोग र प्राबिधिक टोलि वार्ताको होमवर्कमा तल्लिन छ्न।लिम्पियाधुरा, लिपुलेक र कालापानीमा हाम्रो प्रामाणिक दाबी र दस्तावेज पुग्दैन त्यो म जानकार छु तर कार्तिक १६, २०७६को भारतद्वारा जारी राजनीतिक नक्सामा यो समेटिएकोमा मलज्जाबोध गरेर हीनभावनाले ग्रसित छु उक्त नक्शा प्रकाशित गर्नु सामान्य टेक्निकल इरर होइन त्यो ब्लनडरहो।त्यसको समीक्षा गरेर म यथासक्य छिटो नक्साको त्रुटि महाभूल, गम्भीर अपराध सच्याउछु। चीनले पनि हाम्रा सेना माथि हमला गरेर आफ्नो अनुहार देखायो यस्तो स्थितिमा मेरो प्रिय छिमेकी पशुपतिनाथको देसलाई म साथ लिन चाहन्छु । आशिर्वाद र सहयोग चाहन्छु ।
तिब्बत मानसरोवर जाने बाटो खनिसकियो।दिल्ली तिब्बतको छोटो र दुर्तमार्गको रूपमा त्यो नेपाली भूगोल हुदैजाने बाटोमा विगतदेखिकै लालच रहेछ मैले पनि निरन्तरता दिए।

१९६२ मा भारत चीन युद्द हुँदा हामीले शरण लिएको भुमि हो त्यो तर हाम्रो नेतृत्वले सामरिक महत्वको क्षेत्र हुनाले त्यंहा बसिरहने नीति अबलम्बन गर्यो त्यसैको लिगेसी मेरो पनि रह्यो र बाटो उदघाटन पनि भयो । तर अब यो समस्या अल्झाउने , बल्झाउने हैन सुल्झाउने , निचोडमा पुर्याउने उदेश्य राखेर छिमेकीले प्रायस्चित गरेर माफी मागेपछि पक्कै यो विषय र बाटोलाई चै कसरी हुन्छ कन्सीडर गरिदिनु भए समस्त नेपाली जनप्रति अनुगृहित हुनेछौँ।त्यो जग्गा तपाईंहरुको हो त्यसको हक भोग र स्वामित्व पनि नेपालीहरुकै हो । हामीले विगतदेखि बलमिच्याइ गरेकोमा उचित हर्जना तिर्न तयार छौं।चीनले पनि कुनै प्रतिक्रिया देखाएन तसर्थ हामी अलि बढी नै हौसिएर नेपालको बेवास्था गर्न पुग्यौ जुन नितान्त गलत भयो । साथै अगामी दिनमा पनि हामीले प्रयोग गरेबाप त त्यसको भोगाधिकार अबधिको हिसाबमा नेपालको शर्त मान्य हुनेगरि लिजमा दिनपनि सविनय अनुरोध गर्द्छु। मैले अनुरोध गरेको हो यसलाई दवाब र दादागिरीको भनेर बुझ्नु हुने छैन । यस पटक भारतीय दूत भएर आएका विनय मोहन क्वात्रा भलाद्मी छन । धेरै बोल्दैनन,उनी मार्फत नेपाल सरकारका पररास्ट्र मन्त्रीको कुटनीतिक नोट हामीले हेरिसकेका छौ । देशभक्त नेपालीको हामी प्रतिको घृणा र आक्रोश सदाको लागि रोक्ने मेरो अभिस्ट छ ।

आजसम्म मैले शरीर अनुसार मुटु प्रदर्शन गर्न नसकेकोमा क्षमा माग्दछु।प्लिज ओलीजी अब विगतको तिक्तता भुलेर बहुआयामिक हाम्रो सम्बन्ध नुतन उचाइमा लैजाने मेरो मनसुवा छ।हाम्रा सम्बन्ध,संस्कार र अतितको गौरवशाली परम्परा अब नयाँ परिभाषासहित सिमांकन र रेखांकन गरौं।विशिस्ट भौगोलिक विशिस्टता सहितको नेपाल भारत सम्बन्ध आर्थिक, सामाजिक र सांस्कृतिक, भौगोलिक, आध्यात्मिक र एतिहासिक रूपमा अभिन्न छ।कतिपय चलन संस्कार र संस्कृतिमा हामी फरक फरक भूगोलका मान्छे हौं भन्नेसम्म भान हुन्न।पशुपतिनाथमा भारतीय पुजारी र भारतका कतिपय मन्दिर र मठमा अनिवार्य नेपाली पुजारी र मठाधिश राख्ने परम्परा अन्योन्याश्रित सम्बन्धका बेग्लै र छुट्टै मानक हुन।राम सीता बिबाह महोत्सव नेपाल भारतको साझा र अभिन्न सामाजिक र सांस्कृतिक धरोहर र जनजनको सम्बन्ध सेतु हो।नेपाल भारतका यस्ता पनि तीर्थस्थल र धार्मिक ठाउँहरु छन् जहाँ नेपाल भारत दुवै देसको भ्रमण गरेपछि मात्र मोक्ष र स्वर्गद्वार खुल्छ भन्ने गहिरो बिश्वास र धार्मिक आस्था छ, यसबाट पनि बुझ्न सकिन्छ हाम्रो सम्बन्धको आयाम कति सघन र परिपुरक छन् जसलाई चाहेरपनि रोक्न छेक्न सकिन्न। जहाँ भुगोल होइन भावना छ।सम्बन्धको पवित्रता छ। तपाईंको मुलुक भौगोलिक रूपमा सानो छ होला तर तपाईंको छाती चौडा र फराकिलो छ , बुद्दभुमि नेपालीको शान्तिप्रियता म बुझ्दछु । मलाई माफी मिल्छ,ओलीजी !

पूर्वको टिस्टा र पश्चिमको कांगडासम्मको विवाद निकालौ। नेपालीहरुको तर्फबाट इस्ट ईन्डिया कम्पनीसँगको सम्झौता मानिन्न्न, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा जानेकुरा पनि यदकदा सुनिन्छ । अन्तर्राष्ट्रिय अदालत गएर वर्शौवर्ष मुद्दा मामिला र रातदिन अविश्वास अनि झैझगडाले हामीदुवैलाई हितगर्दैन।अनन्त विवाद र बेमेलको तुश रहिरहन्छ।त्यसैले त्यतातिरको झमेलामा नफसौ मैले यति आग्रह गरे। बिन्ती नरिसाउनुहोला।सुगौली सन्धिपुर्वको नेपाली भुभाग चै फिर्ता गर्ने हैसियत मेरोपनि छैन र होइन । यो बाध्यता बुझिदिन अनुरोध गर्द्छु। भारतीय जनताले त्यो चै गर्न दिन्नन यो सत्य मैले भन्नैपर्छ।तर लिपुलेक,सुस्ता, मेची र महाकाली चै मेरो अग्रसरता र इनिसियसनमा फिर्ता हुन्छ मयो विश्वास नेपाली दाजुभाइ दिदीबहिनीलाई ओलीजीमार्फत दिलाउन चाहान्छु ।मलाई थाहा छ ओलीजीको कार्यकालमा मैले यति गरे भने ओलीजीको महानरास्ट्रवादी छवि यति जाज्वल्यमान रहनेछ।नेपालले ओलीलाई सँधै आफ्नो राष्ट्रनायकको रूपमा मन मस्तिष्क र भित्तामा सजाउनेछ।नित्य पूजा गर्नेछ । जयजय गर्नेछ।जुगजुगसम्म।एक असल मित्रको लागि मैले त्याग गर्नुपर्ने छैन केवल आफ्नो दावी झिकिदिए पुग्छ म झिक्न बचनबद्द छु। मेरा पूर्वजले गरेको त्रुटी म सच्याउन चाहन्छु । ओलीजी
मलाई यो दिव्य ज्ञान यो कोरोनाको कहरले प्राप्त भएको हो म बिना हिच्किचावट भन्छु, स्वीकार गर्छु ।

यहाँ हामी कोही ठूलो, कोही सानो कोही निम्जो र कोही शक्तिशाली छैन भन्ने कुरा एउटा भाइरसले प्रमाणित गरीदियो अतस् बिना बैरभाव, शान्ति र मैत्री भएर रहनु बस्नु मै समस्त मानवजगतको कल्याण छ। कोरोना कष्टले दिएको तत्त्वबोध र ब्रम्हज्ञान मेरोलागि यही भयो अनि यो पत्र लेख्न मन लाग्यो। नेपालको सार्बभौमसत्ता , भौगोलिक अखण्डता , स्वाधिनता र स्वाभिमानमा आँच पुग्ने गरि कर्के नजरले समेत हेर्ने छैन । म नेपाल भारत सम्बन्ध शिखरमा पुर्याएर जुगौ टिकाइराख्न चाहन्छु। परस्परको भातृत्व एकता, सहयोग, समझदारी र मित्रता मेरो अबको अभिष्टहो।भगवान कसम ओलीजी अब विश्वासघात गर्नेछैन।भुकम्प गएको बेला नाकाबन्दी गरेर मैले गम्भीर भुलगरे, अमानवीय हर्कत देखाएँ,मित्रतामा घात गरे।अत्यन्तै घृणित काम गरे।फलतःनेपाली हृदय अनि विश्व समुदायको नजरबाट नराम्रोसँग गिरे।प्रिय मित्र म चुके। जसले गर्दा पस्चातापको ज्वालाले भस्म भएको छु त्यसैले सो कुराको प्रायस्चित गर्न मैले मेरा मित्र केपी ओलीलाई यो पत्र लेखेर इमेल गरेकोछु।आसा छ बडा गजीदिलका धनी ओलीजीले स्वीकार गर्नुहुनेछ।आइन्दा मेरा छिमेकी नेपालीहरुको मन दुखाउने छैन, चोट लगाउने छैन।नेपाल र नेपालीको मर्ममा भुलेर पनि प्रहार गर्नेछैन।नेपाली स्वाभिमान र स्वाधीनताको लागि अटल र अडिग रहनेछु।कृतज्ञता र विनयशिलता गुमाउने छैन।म तपाईहरुकी आध्यात्मिक चेली सीताको पुत्र हुँ । यसर्थ ओलीजी तपाईले आफ्नो भान्जाको आग्रह र अनुरोधलाई बुझ्नुहुनेछ । म क्षमा योग्य छु ।, कृपापूर्वक माफी पाउनेमा म विश्वस्त छु ।
उही पढौसी
नरेन्द्र दामोदरदास मोदी
भारत।

प्रस्तुत लेख लेखकको निजि कल्पनामा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्