भाइरस फैलिने खतरा बढेपछि बेइजिङका स्कुल, खेल र मनोरन्जन स्थल बन्द


काठमाडौं,२ असार । चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङका स्कुल, खेल र मनोरन्जन स्थल बन्द गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए । यो होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेपछि सावधानीका कडा उपाय उपनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्