कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन: डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ


काठमाडौ, १० चैत । चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ । संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् । संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् ।
कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै भाग्यमानी रह्यौं । अन्य राष्ट्रले ठूलो विपदसंग लड्दा हामीकहाँ भर्खर २ वटा मात्र केस देखिएका छन् । एउटा गलत समाचारले हिंजो हामीलाई पेनिक बनायो भने आज फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण पोजिटिभ देखिंदा हामी निकै आत्तिएका छौं । हामीहरुले मानसिक रुपमा के तयारी गर्नुपर्छ भने सयौं कोरोनाको पोजिटिभ केस देखिन सक्छ भन्ने सयजना कोरोना संक्रमणका केस देखिएमा ८५ जनालाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ ५ मध्ये १० ५ लाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्दा निको हुन्छ । अनि ५ ५ लाई आइसीयुमा राखेर वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ती १०० जना संक्रमितमा मृत्यु हुने २/३ जना मात्र हुनेछन ।
विश्वको डाटा हेर्ने हो भने पनि मृत्यु हुनेमा क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका दीर्घ बिरामी, पटक पटक निमोनिया भइरहने र दमका ती बिरामी जसलाई अक्सिजन २४ घण्टा आबश्यक पर्छ, दीर्घ मुटु र मधुमेहका बिरामी जसलाई ती रोगले मृगौला, मुटु लगायतका अंगमा असर गरिसकेको छ । उनिहरुको मृत्यु भएको देखिन्छ ।
तसर्थ कोरोना संक्रमणका केस बढे भनेपनि आत्तिनु पर्दैन । सतर्क र सजग हुनुपर्दछ । हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा मात्र हुन्छ । पूर्व तयारी गरौँ, पेनिक नबनौं ।

 

प्रतिक्रिया दिनुहोस्