बलात्कार आरोपी एसएसपी शौरभ राणा छुटे


सुनसरी, ३ फागुन । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा छुटेका छन् । सरकारी वकिल कार्यालय सुनसरीले उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरेको हो ।

राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्दा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ ।

गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए ।

यस्तै ती महिलाले साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । उजुरीपछि राणाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका थिए ।

त्यसपछि गत सोमबार राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । पीडित महिलाले इटहरीको एक होटलमा लगेर राणाले आफूमाथि बलात्कार गरेको दावी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्