८० अमेरिकी सेना मारिएको इरानी सञ्चार माध्यमको दाबी


काठमाडौं,२३ पुस। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आफ्नो देशले गरेको आक्रमणमा परेर ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आक्रमणको समीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ, हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्