संगीता धामीले दिलाइन् कुस्तीमा नेपाललाई ऐतिहासिक स्वर्ण, ४३ पुग्याे स्वर्ण (सूचीसहित)


जनकपुरधाम, २१ मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले ऐतिहासिक स्वर्ण जितेको छ।

जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्।

संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४–१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। स्वर्ण विजेता धामी महेन्द्रनगरकी हुन्।

सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो ।

यो सँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ । शनिबार नेपालका लागि म्याराथनबाट किरणसिंह बोगटीले स्वर्ण जितेका थिए।

प्रतिक्रिया दिनुहोस्