गायक दुर्गेश प्रहरी नियन्त्रणमा


काठमाडौं, ५ कार्तिक । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्गेशले हालै सार्वजनिक गरेको ‘ह्यापी तिहार’ गीतमाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

उनलाई थप सोधपुछको लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

थापाले भने, “गीतमा लागुऔषधलाई बढावा दिने शब्दको प्रयोग भएको कारणले नियन्त्रणमा लिएका हौँ ।ू

दुर्गेशले गीतमा गाँजा, बियरजस्ता शब्दको प्रयोग गरेर समाजमा विकृति फैलाउने काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्