मिश्रलाई ‘वीरेन्द्र साह स्मृति’ पत्रकारिता पुरस्कार


काठमाडौँ, २० वैशाख । नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष राजेश मिश्रलाई ‘वीरेन्द्र साह स्मृति’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज यहाँ आयोजित कार्यक्रममा कान्तिपुर दैनिकका वरिष्ठ सहायक उपसम्पादकसमेत रहनुभएका मिश्रलाई नगद रु २५ हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभएको हो ।

मन्त्री पण्डितले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउनुभयो । उहाँले प्रेस जगत् पनि अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै प्रेस आफैँमा अनुशासित र मर्यादित बन्नुपर्ने विचार राख्नुभयो । मन्त्री पण्डितले स्वतन्त्रताका नाममा केही स्वच्छन्ता देखिएकाले उक्त स्वच्छन्दतालाई ठीक भन्न नसकिने बताउनुभयो ।

रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले मिश्रले पत्रकारिताबाट मधेशका मुद्दालाई उठान गरेकाले पुरस्कृत गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्