युट्युवको मुख्य सर्भरमा समस्या, विश्वभर बन्द


काठमाडौं, असोज ३१। बुधबार विहानबाट युट्युव बन्द भएको छ । मुख्य सर्भरमै समस्या भएपछि विश्वभर एकैपटक युट्युब बन्द भएको हो । नेपाली समय अनुसार विहान करिव सात बजेबाट समस्या आएको युट्युवले जनाएको छ ।

मुख्य सर्भरमात्र नभएर त्यसभित्रका ५ सय बढी आन्तरिक सर्भरमा समेत समस्या आएको छ । समस्या समाधानका लागि प्राविधिक टिम लागिरहेकाले केही समयपछि खुल्ने अन्तराष्टिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्